Sajhedari Daily
Latest News from Nepal

बाराका कोरोना सँक्रमित बृद्धको उपचारको क्रममा मृत्यु,पर्सामा थप २ जना कोरोना संक्रमितको मृत्यु

बाराको एक कोरोना सँक्रमित बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी ६५ वर्षका वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । ती बृद्धको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा सोमबार राति ९ बजेर ३५ मिनेटमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

गत बैशाख १९ गते ती बृद्धमा कोरोना सँक्रमण पुष्टि भएको र उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन ।

यसैगरी पर्सामा कोरोना सँक्रमित २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार र मंगलबार एक एक जना गरि थप २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

कोरोना सँक्रमित पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २६ वर्षका युवकको मंगलबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ । गत वैशाख १६ गते उपचारको लागि अस्पताल भर्ना भएका युवकको मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पताल कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

निमोनिया र फोक्सोले काम नगर्दा उनको ज्यान गएको हो ।यस्तै सोमबार राति पर्सागढी नगरपालिका वडा नम्बर ९ निवासी ३४ वर्षका पुरुषको मृत्यु भएको छ। उनको सोमबार राति नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटेलको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिएका छन ।