Sajhedari Daily
Latest News from Nepal

प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधी मिलनचोक टिमलाई

धिरेन्द्र पनुहर
बाराको कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रसौनामा संचालित प्रथम मेयरकप भतिबल प्रतियोगिता आईतवार सम्पन्न भएको छ ।
स्थानीय सनसाइन युवा क्लब प्रसौनाको आयोजनामा आईतवार भएको फाईनलखेलमा जुगवा टिमलाई हराउदै मिलनचौक टिमले जीत हात पारेको छ ।
पाँच राउण्डका लागि भएको फाईनल खेलमा मिलन चौकले लगतार तीन सेटमा नै जीत निकालेपछि विजयी भएको हो । विजयी भएसंगै मिनलचौकले नगद रु ५० हजार सहित ट्रफी प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा उपविजेता बनेको जुगवाले नगद रु ३० हजार र ट्रफी पाप्त गरेको छ ।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले नगद स्वारुप चेक तथा ट्रफी हस्तान्तरण गरेका थिए ।
आयोजक क्लबका अध्यक्ष सनसाइन युवा क्लबका अध्यक्ष बिजय चौधरीको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समापन कार्यक्रममा प्रदेश सभा सदस्य तृलोकी प्रसाद चौधरी, कोल्हवी नगरपालिकाका प्रमुख भरत भण्डारी, उपप्रमुख सुनैनादेवी थरुनी, वडा नम्बर ६ का वडाअध्यक्ष पुरनदेव चौधरी, वडा नम्बर ४ का अध्यक्ष भेषबहादुर ढकाल, पुर्वप्राचार्य केवल प्रसाद चौधरी,समाजसेवी गोविन्द पौडेल, रामजानकी प्राथमिक बिधालयका प्रअ मानबहादुर खत्री, साझेदारी राष्ट्रिय दैनिकका सहसम्पादक सन्तोष पाण्डे लगायतकाले सम्बोधन गरेका थिए ।
कोल्हबी नगरपालिका वडा नम्बर ६ वडा कार्यलयको बिशेष सहयोगमा माघ २१ गतेदेखी उक्त प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा आयोजक सहित १२ टिमले भाग लिएका थिए ।

Comments are closed.