Sajhedari Daily
Latest News from Nepal

गरिब पहिचानको लागि गणक तथा सुपरिवेक्षकलाई तालिम

रञ्जन यादब/
गरिब परिवार पहिचान तथा परिचयपत्र बितरण कार्यक्रम सम्बन्धि गणक तथा सुुपरिवेक्षक प्रशिक्षण तालिम बारा जिल्लामा आजबाट सुुरु भएको छ । जिल्ला समन्वय समितीको कार्यालय ,बाराको आयोजनामा बारा जिल्ला भरीको १६ वटै स्थानीय तहमा तालिम दिने ब्यवस्था गरिएको तालिमका प्रशिक्षक अब्दुुल हक अंसारीले जानकारी दिनुुभयो ।

तालिमको सुुरुवात जीतपुुरसिमरा उपमहानगरपालिकामा छनोट भएर आएका गणक तथा सुुपरिक्षकहरुलाई तालिम दिएर सुुरु गरिएको छ । उपमहानगरपालिकामा आज २८ गतेबाट सुुरु भएको तालिम फागुुन २ गते सम्म चल्ने छ । जीतपुुरसिमरा उपमहानगरपालिकामा दुुई जना सुुपरिक्षक र १७ जना गणकले तालिम लिईरहेका छन् ।

तालिम लिएका गणक तथा सुुपरिवेक्षकहरुले प्रत्येक पालिकाको घरमा पुुगी ब्यक्तिको बिवरण ,स्रोतसाधनको उपलब्धता ,घरको अवस्था ,आम्दानीको अवस्था ,गाई बस्तुुको तथ्याङ्क ,कृषि , रोजगारी लगायतको बिवरण लिने उपमहानगरपालिकाको सुुचना अधिकारी राम शर्माले जानकारी दिनुुभयो ।

बारा जिल्लामा १८ जना सुुपरिवेक्षक र ९३ जना गणक छनोट गरिएको छ । प्रत्येक गणक र सुुपरिवेक्षकहरुलाई घरधुुरीको बिवरण डिजिटल तरिकाले प्रबिष्ठि गर्न ट्याप उपलब्ध गराईएको छ । चालुु आर्थिक बर्षमा नेपाल सरकारले बारा जिल्ला लगायत १५ वटा जिल्लाहरुमा गरिव परिवार पहिचानकोलागि कार्यक्रम चलाएको छ ।

एक जना गणकले ३ सय ६५ घरधुुरीको बिवरण प्रबिष्ठि गरिने सुुचना अधिकारी शर्माले जानकारी दिनुुभयो । सुुपरिवेक्षक र गणकको कार्यअवधि सामान्यत ५ महिनाको हुुने जनाईएको छ ।

Comments are closed.

error: Content is protected !!