Sajhedari Daily
Latest News from Nepal

पाँचौ पिपरा गोल्डकपमा शुक्रवार हेटौडालाई हराउदै नवजनजागृति युवा क्लब सिमरा विजयी

धिरेन्द्र पनुहर
पाँचौ पिपरा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत शुक्रवार १ को विरुद्ध ४ गोलले नवजनजागृति युवा क्लब सिमरा विजयी भएको छ ।
सृजनशिल युवा क्लबको आयोजनामा बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरामा संचालित फुटबल प्रतियोगिताको शुक्रवारको खेल नव जनजागृती युवा क्लब सिमरा र हेटौंडा एफ सि वीच प्रतिस्पर्धा भएको थियोे ।
खेलको पहिलो हापको ४ औं मिनेट जादा सिमरा क्लबका जर्सी नम्बर ८ का रोबिन ढुंगानाले पहिलो गोल गरि आफ्नो टिमलाई १ गोलले अग्रता दिलाएका थिए । त्यसैगरि खेलको पहिलो हापकै १०औं मिनेट जादा सिमरा क्लबकै जर्सी नम्बर १८ का रितेश श्रेष्ठले दोस्रो गोल गरेका थिए । यता जबाफिमा हेटौंडाले खेलको दोस्रो हापमा १ गोल गरि आफ्नो खाता खोलेको थियोे । यस्तै सिमरा टिमका जर्सी नम्बर १४ का सुशान्त तमाङ्ग र जर्सी नम्बर ९ का सुमिल सुनारले थप एक एक गोल गरि आफ्नो टिमलाई १ को विरुद्ध ४ गोलले बिजयी गराउन सफल भए ।
खेलमा म्यान अफ दि म्याच सिमरा क्लबका जर्सी नम्बर १४ सुशान्त तमाङ्ग घोषित भएका छन । प्रतियोगिता अन्तर्गत शनिवारको खेल प्रतिभा क्लब गोल बजार सिरहा र एपि एफ क्लब बर्दिबासवीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सहसचिव जितेन्द्र चौधरीले जानकारी गराएका छन ।