वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

अनलाइनमार्फत ठगी गर्ने एक भारतीयसहित दुई जना पक्राउ

अनलाइन ठगी गर्ने एक भारतीयसहित दुई जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा भारत विहार जिल्ला पूर्वी चम्मपारण थाना रक्सौल २ बस्ने ४३ बर्षका राकेश कुमार र पर्सा बीरगंज महानगरपालिका २० बस्ने ३२ बर्षका रामपुकार प्रसाद यादव रहेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखा टेंकू, काठमाण्डौमा परेको उजुरी बमोजिम जिल्ला प्रहरी कार्यालय अनुसन्धान गर्दा ठगी कार्यमा सलंग्न रहेका दुबै जनालाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुबै जनाले विभिन्न समयमा इमो तथा व्हाटसप एप मार्फत चिट्ठा परेको भन्दै ठगी गरेका थिए । उनीहरुले सर्बसाधारणलाई चिट्ठा परेको भनी प्रलोभन देखाई १ लाख ८४ हजार रकम ठगी गरेको पर्साका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन ।

पक्राउ परेका राकेश र यादवलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी अपराध महाशाखा टेकू काठमाण्डौमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!