Sajhedari Daily
Latest News from Nepal

परवानीपुरमा नालाको पानीमा डुबेर बालकको मृत्यु

रञ्जन यादब/
बाराको परवानीपुुरमा नालाको पानीमा डुुबेर एक बालकको मृृत्युु भएको छ । मृृत्युु हुुनेमा परवानीपुुर गाउँपालिका वडा नं.४ चैनपुुर बस्ने बिनय साह सोनारका १ बर्ष ६ महिनाको छोरा आयुुष साह सोनार रहेका छन् ।

घर नजिकै रहेको फोहर बग्ने नाला बाटोको पानीमा डुुबेर बालकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुुरेन्द्र यादबले जानकारी दिनुुभयो ।

नालाको पानीमा डुुबेर बेहोस भएको बालकलाई नजिकै रहेको बायोद्धा अस्पताल लैजाने क्रममा बाटोमै मृृत्युु भएको प्रहरीले जनाएको छ । बालकको शबलाई पोष्टमार्डम गर्नकालागि बिरगंज स्थित नारायणी अस्पतालमा राखिएको प्रहरी निरिक्षक यादबले जानकारी दिनुुभयो ।