Sajhedari Daily
Latest News from Nepal

बारा पेट्रोलियम डिलर्स एशोसिएसनको शपथ ग्रहण सम्पन्न

रबिन्द्र प्रसाद साह /
बारा पेट्रोलियम डिलर्स एशोसिएसन कलैया बाराको शनिवार शपथ ग्रहण समारोह सम्पन्न गरिएको छ।कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको होटेल करणराज प्यालेसको प्राङ्गणमामा शनिवार एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो ।

समारोह बारा पेट्रोलियम डिलर्स एशोसिएसन कलैया बाराका अध्यक्ष सुरेन्द्र प्रसाद श्रीवास्तवको अध्यक्षता तथा नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एशोसिएसन काठमाडौँका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो।
सपथग्रहण कार्यक्रममा प्रमुख अतिथि प्रधानले नवनिर्वाचित सम्पूर्ण सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए।

सो कार्यक्रममा नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एशोसिएसन काठमाडौँका उपाध्यक्ष रघुनाथ प्रसाद साह, नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एशोसिएसन काठमाडौँका महासचिव विश्वप्रसाद अर्याल, नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एशोसिएसन काठमाडौँका कोषाध्यक्ष चतुर्भुज अग्रवाल, पर्सा, रौतहट जिल्लाका डिलर्स एशोसिएसनका अध्यक्षहरु, एशोसिएसन बाराका पूर्वअध्यक्ष राजेन्द्र प्रसाद कलवार लगायतको विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागिता रहेको थियो ।
सो कार्यक्रममा संचालन एशोसिएसन बाराका निर्वाचन अधिकृत अमित कुमार मिश्रले गरेका थिए ।