रबिन्द्र प्रसाद साह /
कलैया उपमहानगरपालिका वडा नं ७ रंगपुुरमा रहेको पौराणीक तथा ऐतिहासिक शिवालय मन्दिरको विहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।
नगर स्तरीय बजेट रू २५ लाखको लागतमा निर्माण हुने उक्त मन्दिरको नगरप्रमुख राजेशराय यादवले वैदिक मन्त्रहरुद्वारा शिलान्यास गर्नुभएको हो ।
सो अवसरमा सो वडाका बुद्धिजिवी वर्ग, स्थानीय भद्रभलादमीहरु लगायतको सहभागिता रहेको स्थानीय नरेन्द्र यादवले जानकारी गराएका छन । कार्यक्रममा सामाजीक दुरी कायम गरिएको थियो ।


