Sajhedari Daily
Latest News from Nepal

स्थानीहरु शब सहित प्रर्दशन,वडा कार्यालयसँग क्षतीपुर्तीको माग

जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.११ अमाडारका स्थानीयहरु शब सहित वडा कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
स्थानीयबासीहरुले वडा कार्यालयको लापरबाहीले युुवाको मृत्युु भएको भन्दै वडा कार्यालय अगाडि शब लिएर प्रदर्शन गरेका छन् । उनीहरुले वडा कार्यालयले मृत्तकका परिवारजनलाई क्षतीपुुर्ति दिनुुपर्ने माग राखेका छन् ।

उचित क्षतीपुुर्ती नपाएसम्म आफुुहरुको शब सहितको बिरोध प्रर्दशन जारी रहने बताएका छन् । हिजो मोटरसाईकल अनियन्त्रित भई कल्भर्ड नजिकैको कुुलोमा खसेर सोही वडाको एक स्थानीयको मृत्युु भएको थियो ।

मृत्युु हुुनेमा स्थानीय २० बर्षिय प्रमोद चौधरी रहेका छन् । राती करिब ८ बजे मोटरसाईकल लिएर आउँने क्रममा कल्भर्ड नजिकै लडेर मोटरसाईकल दुुर्घटना भएको थियो ।

कुुलोमा मोटरसाईकल सहित लडेका चौधरीको घट्ना स्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुुँवरले जानकारी दिनुुभयो ।

Comments are closed.

error: Content is protected !!