बाराको सुवर्ण गाँउपालिकाले आर्थिक बर्ष २०७७/०७८ सालको बार्षिक प्रगतिप्रतिवेदन सार्वजनिक गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवको सभापतित्वमा सम्पन्न बार्षिक प्रतिवेदन प्रस्तुतीकरण, समिक्षा तथा योजना हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन श्रीबास्तवले बर्ष भरीको बजेट, गरेको काम, ठाँउ समेतको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका प्रदेश सांसद बच्चा प्रसाद यादवले आमजनताको करबाट सिंगै देश नै चलायमा नभईरहेको अवस्थामा पालिकाले बर्षभरीमा गरेका कामहरुलाई पारर्दशिता गर्नु सकारात्मक काम भएको बताएका छन ।
विकास निर्माणको काममा सबैको सहभागिता होस र कति बजेट खर्च भयो कति भएन, खर्च नभएको कारण के हो भने बिषयमा जानकारी गराएको हुदा यसमा कुनै प्रकार शंका गर्न ठाँउ नरहेको स्मरण सांसद यादवले गराएका थिए ।
खुसी नेपाली र समृद्ध नेपालको सपनासंगै सुवर्ण गाँउपालिकामा पनि बिकासका आयमहरु थपिदै सहमति,सहकार्य र एकतावद्ध भई बिकासको काममा लाग्नुपर्ने प्रदेश सांसद यादवको भनाई छ ।
आर्थिक बर्ष २०७७/०७८ मा गाउँपालिकाले कुल बजेट ५० करोड ४७ लाख ४८ हजार ५ सय २ रुपैया रहेकामा करिब ३७ करोड ५६ लाख ८६ हजार ६१ रुपैया खर्च भईसकेको जनाईएको छ ।
बजेटको ७४.४३ प्रतिशत खर्च भएको र सामाजिक बिकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, भाषा तथा संस्कृति, लैगिक समानता तथा समाजिक समावेशीकरण, यूवा तथा खेलकुद, समाजिक सुरक्षा तथा संरक्षण, पुर्वाधार बिकास, यतायात पुर्वाधार लगायतका बिकासका कामहरु गरिएको प्रशासकिय अधिकृत श्रीवास्तवले जनाए ।
उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता यादव, लेखापाल प्रिन्स साह, कर्मचारी अखिलेश प्रसाद यादव लगायत राजनीतिक दलका प्रतिनिधीहरुले आफनो आफनो बिचार ब्यतm गरेका थिए ।