Sajhedari Daily
Latest News from Nepal

चाडपर्वलाई लक्षित गदैै सरोकारवालाद्घारा कलैयामा बजार अनुगमन

रबिन्द्र प्रसाद साह

कलैया

चाडपर्वलाई लक्षित गरी विहिवार कलैयाका किराना पसलहरु, होटलहरु, लगायतको अनुगमन गरिएको छ ।

विभिन्न सरकोकारवाहरुले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्वलाई लक्षित गर्दै हुन सक्ने चरम मुल्य बृद्धि, खाद्य सामाग्रीमा मिसावन आदीलाई नियन्त्रण गर्न उक्त अनुगमन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्ज पर्सा , घरेलु तथा साना उद्योग कार्यालय बारा कलैया , जिल्ला प्रशासन कार्यालय बारा, बारा उद्योग बाणिज्य संघ कलैया र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त सहकार्यमा विहिवार कलैया बजारका पसलहरुको अनुगमन तथा निरीक्षण गरिएको छ।

सामानहरूको गुणस्तर नियन्त्रण गर्ने , बजार मूल्यमा एकरुपता ल्याउने , बजारका सम्पूर्ण अनियमितताहरुलाई नियन्त्रण गर्ने, उदेश्यले अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्ज पर्साका खाद्य अनुसन्धान अधिकृत विक्की राउतले बताएका छन ।

अनुगमन गर्दै टोलीले व्यवसायीहरुलाई मूल्य सुची अध्यावधिक गर्ने , खाद्य पदार्थ र अखाद्य पदार्थहरू छुट्टाछुट्टै राख्ने ,एक्सपायर सामानहरू सुरक्षित साथ राख्नको लागि एक्सपायर जोनहरु निर्माण गर्ने , बिना लेबलको सामानहरु नराख्ने तथा विक्री वितरण नगर्ने गराउने , बिलबाट मात्र किनबेच गर्ने , रङ्गीचङ्गी मिठाइहरु बनाई नबेच्ने , पसलमा सामानहरू सफा सुघर, सुरक्षित,व्यवस्थित तरीकाले राख्ने, खानेकुराहरू अनिवार्य रुपले छोपेर राख्ने , लगायतको सर सल्लाह , सुझाव तथा चेतावनी समेत दिइएको थियो।

अनुगमनको क्रममा फेला परेको एक्स्पायर सामानहरु केहि जफत पनि गरिएको अधिकृत राउतले बताए । बासि खानेकुराहरू डस्टबिनमा फाल्न पनि लगाइएको थियो। उपभोक्ताहरुलाई ठगिन बाट जोगाउन, उपभोक्ताहरुको हक अधिकार सुनिश्चित गर्नको लागि बेला बेलामा यस्तो कार्य गर्दै आएको अधिकृत विक्की राउतले जानकारी गराएका थिए।

उक्त अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय बारा कलैयाका अधिकृत अरबिन्द यादव, जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्की, बारा उद्योग बाणिज्य संघ कलैयाका प्रतिनिधि रामअसिस साह, उपभोक्ता हित संरक्षण मंच बाराका प्रतिनिधि शर्मा बैठा, घरेलुका उपेन्द्र यादव, जिल्ला प्रहरी कार्यालय बाराका असई नगनारायण प्रसाद कुर्मी, रत्नबहादुर स्याङ्तन, हरिशंकर चौहान, मुकेश कुमार चौहान, नेपाल पत्रकार महासंघ बारा उपाध्यक्ष रामबाबु मेहता सञ्चारकर्मीहरु साझेदारी राष्ट्रिय दैनिकका तथा नेपाल प्रेस युनियन बाराका जिल्ला सदस्य रबिन्द्र प्रसाद साह, रमेश साह, लगायतको सहभागिता रहेको थियो।

Comments are closed.

error: Content is protected !!