रञ्जन यादव
जीतपुर
ईलाका प्रहरी कार्यालय जीतपुुरले ट्रकको टायर सहित तीन जनालाई पक्राउँ गरेको छ ।पक्राउँ पर्नेमा जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.७ बस्ने बर्ष ३७ का बेज किशोर सहनी ,वडा नं.४० बस्ने तैमुुर आलम र बिरगंज महानगरपालिका वडा नं.३२ बस्ने बर्ष २८ का नजबुुदिन अंसारी रहेका छन् ।जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित पहाडि टोलमा पार्किङ गरी राखिएको ना४ख ११७४ नम्बरको ट्रकको चक्का र ब्याट्री पक्राउँ परेकाहरुले चोरी गरेका थिए । बिशेष सुुचनाको अधारमा गएको प्रहरीको टोलीले जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुुर चोक नजिक तैमुुर आलमले सञ्चालन गरेको टायर पसलमा चोरी गरी लगेको ट्रकको डिस सहितको टायर राख्दै गरेको अवस्थामा प्रहरीले पक्राउँ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुुँवरले जानकारी दिनुुभयो ।चोरी मुुद्धामा म्याद थप गरी अनुुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
ट्रकको टायर सहित तीन जना पक्राउँ
Leave a review
Leave a review

