वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

कलैयामा लोसपाको पार्टी कार्यालयको केन्द्रीय अध्यक्ष ठाकुरद्वारा उद्घाटन

रबिन्द्र प्रसाद साह
कलैया
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बारा जिल्लाको पार्टी कार्यालयको उद्घाटन आज एक कार्यक्रमको बिच कलैया उपमहानगरपालिका वडा नं. ४ कृष्णा मन्दिर टोलमा सिद्दार्थ बैंक रहेको भवनमा पार्टी कार्यालयको उद्घाटन गरिएको छ।

सो पार्टी कार्यालयको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरद्वारा रिबन काटेर गरिएको थियो। सो पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा लोसपा प्रदेस नं. २ को संसदीय दलको नेता जितेन्द्र सोनल , संघिय सांसद एकबाल मिया , पुर्व मन्त्री अकबाल अहम्म्द ,जिल्ला समन्वय समिति बाराका जिल्ला सभापति नवलकिशोर सिंह , श्याम गुप्ता , नगर अध्यक्ष जय प्रकाश साह, पिंकी यादव , डा. कमरुल्लाह अंसारी , लगायत पार्टीका महिला संगठन , युवा संगठन , विद्यार्थी संगठन तथा बारा लोसपा अगुवा नेता , अगुवा नेतागणको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!