नवराज चौलागाईं,/
बारा निर्वाचन क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका सांसद उमाकान्त चौधरीले मधेशमा रहेका क्वारेन्टाईन विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित रहेको बताएका छन ।
सांसद चौधरीले सोमावर प्रतिनिधिसभाको बसेको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद चौधरीले तराई मधेमा बनाईएको क्वारेन्टाईनहरु मपदण्ड अनुरुप नभएकाले मापदण्ड नपुगेका क्वारेन्टाइनलाई व्यवस्थित बनाउन केन्द्रिय,प्रदेश र स्थानीय सरकारको समन्वय हुन आवश्यकता रहेको बताएका छन ।
प्रतिनिधी सभामा बोल्दै सांसद चौधरीले भन्नुभयो ‘अव्यवस्थित र मापदण्ड विपरित क्वारेन्टाइनकै कारणले कोरोनाको संक्रमण फैलन थालेको छ ।’ ‘क्वारेन्टाइनलाई व्यवस्थित बनाउन र पिसिआर परिक्षणको दायरा तत्काल बढाउन अहिलेको आवश्यकता हो ।
चौधरीले राहत, उद्धार र परिक्षण तीनवटै पक्षलाई ध्यानमा नदिने हो भने नेपालमा कोरोनाको संक्रमणको साथसाथै रोग र भोकले पिडित हुनेको संख्या अत्याधिक बढ्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।