नेपाली काँग्रेस जीतपुरसिमरा वडा नम्बर १७ मा वडा समिति गठन

साझेदारी दैनिक
साझेदारी दैनिक 892 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा, २९ कार्तिक
नेपाली काँग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा आज सम्पन्न वडा अधिवेशनले वडा कमिति गठन गरेको छ ।
अधिवेशनले हिराराल प्रसाद यादव सभापति रहने गरि सर्वसहमतिबाट २३ सदस्यीय वडा समिति गठन गरेको हो । अधिवेशनले वडा समितिको उपाध्यक्षमा पाल्साङ्ग लोप्चन, लालमति देवी चौधरी, सचिवमा सांगेँ दोर्जे लामा, नरवहादु रोका, सहसचिवमा कल्पना विमली, रामअयोध्या चौधरी चयन भएका छन ।
यसैगरी वडा समितिको सदस्यहरुमा ब्रह्मदेव चौधरी, दाना चौधरी, मिनवहादुर पाख्रीन, रामनारायण चौधरी, विशुनदयाल चौधरी, लक्ष्मण सहनी, बासुदेव दाहाल, आईते सिंह वाईवा, विश्वनाथ महतो, मिन वहादुर गोले, राम बहादुर वाईवा, तीर्थ बहादुर पाख्रीन, बातर महतो, राकेश प्रसाद यादव चयन भएका छन । यस्तै महिला सदस्यहरुमा सुन्दरी लामा, स्मृति वाईवा, पार्वति चौधरी, भाग्रीत महतो चयन भएको निर्वाचन अधिकृत शंकर दाहालले जानकारी दिएका छन ।
यसैगरी अधिवेशनले १५ जनालाई क्षेत्रिय प्रतिनिधी छनौट गरिएको छ । क्षेत्रिय प्रतिनिधिमा नवराज बहादुर खड्का, महेन्द्र प्रकास विमली, सरमिष्ठा दाहाल, भागिरथ महतो, विमला नेपाल, रमेश मोक्तान, जगदिश महतो, कमल कुमार थिङ्ग, सुरेन्द्र सिंह शितलाल तामाङ्ग, रंगनाथ रैला, दुर्गादेवी माझी, जनक रुम्ब, जमुनमा पाख्रीङ्ग लगायत चयन भएको निर्वाचन अधिकृत दाहालले जनाए ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराको निणर्य अनुसार बाराका १६ वटै स्थानीय तहहरुको सवै वडाहरुमा आज २९ गते वडा अधिवेशन गर्ने निणर्य गरेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review