व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था जस्ताको त्यस्तै -अध्यक्ष लिङदेन

साझेदारी दैनिक
844 पाठक संख्या

सिकेन्द्र पासवान/
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले २०४६ साल यता भएको सबै परिवर्तन फेल भईसकेको बताएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितिद्धारा आयोजित बृहतआम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सोमवार कलैयामा सम्बोधन गर्दै लिङदेनले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा कुनै परिवर्तन नभई जस्ताको त्यसतै रहेको बताएका छन ।

उनले ३१ बर्ष सम्म शासन गर्ने ठुला दलहरु न्ोपाली काँग्रेस, नेकपा एमाले, माओवादी, मधेस केन्द्रित दलहरु सहित तिनका नेताहरु पनि असफल भएको ठोकुवा गरेका छन मुलुकमा जताततै भष्टाचार, बेरोजगारी, अशिक्षाले जडो गाडी सकेको हुदा त्यसलाई परिवर्तन गर्नका लागि अव ठीक पार्टी राप्रपा रहेकाकाले नेतालाई मत हाल्न सबैलाई अपिल समेत गरेका थिए ।

सरकारको उदासिनताका कारण मुलुकमा शिक्षा, स्वास्थ्य, सुलभ खानेपानी, प्रयाप्त सिचाई, घरघरमा बिजुली पुगाउन नसक्नु, मलखाद, बिउबिजन सुलभ रुपमा उपलब्ध गराउन नसक्ने सरकारले ठुला ठुला कुरा गर्नु बिना तुक रहेको प्रष्ट पारे । अर्थतन्त्रले मुलुकको टाट पल्टने अवस्थामा रहेपनि भष्ट नेता र कालोबजारी गर्नेहरु नै धनी भएको बताउदै उनीहरुको सम्पति पनि छानबिन गर्नुपर्ने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रिय अध्यक्ष पशुशम्शेर राणाले ९४ प्रतिशत सनातन हिन्दु धर्म रहेको नेपालमा धर्म निरपेक्ष राष्ट्र घोषण गरि हिन्दुहरुको अपमान गरेको आरोप लगाए ।

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नका लागि कुनै कसर बाकी नराख्ने प्रतिवद्धता ब्यतm गरेका थिए । फरक प्रसंगमा अध्यक्ष जवराले मधेस प्रदेश धार्मिक रुपले पनि पहिचान कायम गरेको प्रदेशको रुपमा रहेको चर्चा गर्दै तराई मधेसको यावत समस्या समाधान राप्रपाले नै गर्ने जानकारी दिए।

जिल्ला अध्यक्ष गिरधारी चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रीय सहमहमन्त्री मोहन प्रसाद यादव, केन्द्रिय सदस्य राजनारयण साह, सुसमा मिश्रा, साबित्री भारती, क्षेत्रिय अध्यक्ष गणेश पटेल, जलिल देवान, नेताहरु बिनोद भारती, बृजकिशोर साह,समेश्वर उपाध्या लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए । कार्यक्रममा बिभिन्न पार्टी छाडेर सयौको संख्यामा रापप्रामा पार्टी प्रवेश गरेको थियो । नव प्रवेशीहरुलाई अध्यक्ष लिङदेनले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

Leave a review

This will close in 0 seconds