चालु कर्जा सम्बन्धी मार्ग दर्शन २०७९ को विरुद्ध सोमवार कलैयामा प्रर्दशन, प्रजिलाई संघको ज्ञापनपत्र

साझेदारी दैनिक
482 पाठक संख्या
Exif_JPEG_420

चालुकर्जा सम्बन्धी मार्ग दर्शन २०७९ लागु गरि उद्योगी ब्यवसायीहरुलाई जटिलता र अन्यौलता तिर धक्लेकोमा बारा उद्योग बाणिज्य संघले कलैयामा सोमवार प्रर्दशन गरेको छ ।

कलैया स्थित सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयबाट निकालिएको विरुद्ध ¥्यालीले नगरको बिभिन्न भागमा परिक्रमा गरेपछि जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल मार्फत प्रधानमन्त्री तथा अर्थ मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।

संघ बाराका अध्यक्ष राजकुमार साहको नेतृत्वमा उक्त विरोध ¥याली निकालिएको थियो । ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी कटुवालले सम्बन्धीत निकायमा चाडै ज्ञापनपत्र बुझाउने प्रतिवद्धता ब्यतm गरेका थिए।

कोरोना महामारीले देश लथालिग भईसकेको अवस्थामा देशलाई आर्थिक संकटबाट बचाउन सरकारको भुमिका अपरिहार्य रहेको भन्दै संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

बैँकहरुको सेवा शुल्क, कर्जा स्वीकृति शुल्क, एलसी नेगोसिएसन शुल्कमा दोबर वृद्धिलाई अन्त्य लगायत ११ सुत्रिय माँग सहित संघले ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष साहले बताए । ज्ञापनपत्र बुझाउन संविधानसभाका सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरपालिका मेयर बिनोद कुमार साह, लगायतका सहभागिता रहेको थियो ।

Leave a review