Sajhedari Daily
Latest News from Nepal

साना किसान कृषि सहकारी संस्था डुुमरबानाको २४ औँ बार्षिक साधारण सभा सम्पन्न

रञ्जन यादब/
साना किसान कृषि सहकारी संस्था डुुमरबाना ,बारा को २४ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन प्रदेश दुई सरकारका आर्थिक मामीला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवले गरिन ।

सो अवसरमा वोल्दै मन्त्री यादवले मुलुकमै परिचित साना किसानले लक्ष्ति बर्गमा लगानी गरेको र उल्लेखनीय परिणाम निकाल्न सफल भएको बताईन । उनले सानाकिसान सहकारीले बितीय अनुशासन र सहकारीको प्रभाब बढाएको बारेमा चर्चा गदै प्रशंसा गरिन ।

सभामा संस्थाका प्रबन्धक नारायण क्षेत्रीले २०७७/७८ को अनुमानीत बाषर््िाक बजेट प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष बिश्बनाथ लामीछानेले कार्यपत्र प्रस्तुत गरेका थिए भने संचालक समितिकोतर्फबाट सिता कुमारी मैनालीले संस्थाको बर्तमान अबस्था बारै चर्चा गरेकी थिईन ।

राष्ट्रिय तथा अंतराष्ट्रिय पुरस्कार बाट सम्मानित यस संस्था नेपालमै पनि पटक पटक उत्कृष्ठ धोषित हुदै आएको छ । कार्यक्रममा संस्थाको बिभिन्न बिधामा शाखा, कर्मचारी, बचतकर्तालाई सम्मान गरीएको थियो ।

यसैगरि बितीय क्षेत्रको पत्रकारीतामा जिल्लामा सक्रिय क्रियाशिलताको कदर गर्दै कारोबार राष्ट्रिय दैनिक तथा ईमेज टेलिभिजन बाराको पत्रकार प्रकाश लम्साललाई साना किसान कृषि सहकारी संस्थाले सम्मान गरेको छ । पत्रकार लम्साललाई प्रदेश दुई सरकारका आर्थिक मामीला तथा योजनामन्त्री उषा कुमारी यादवले नगद, कदरपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेकी थिईन ।

Comments are closed.

error: Content is protected !!