सिकेन्द्र पासवान/
संविधान सभाका सदस्य डाक्टर शोभाकर पराजुलीले प्रजातन्त्र दिवसको पुर्व सन्धयामा देशवासीको नाममा शुभकामना सन्देश दिएका छन । नेपाली जनताको अभुतपुर्ण योग्दान, एवम बलिदानबाट स्थापना भएको प्रजातन्त्रलाई दिगोपन बनाउनका लागि सबैको भुमिका अपरिहार्य रहेको हुदा सबैको अपनत्व हुने किसिमको संविधान निर्माण भएको डाक्टर पराजुलीले बताएका छन् ।
आधुनिक नेपालको इतिहासमा २००७ फागुन ७ गते नेपाली जनता रैतीबाट सार्वभौम जनतामा रुपान्तरण भएको लोकतांत्रिक संघर्षको ऐतिहासिक दिन भएको हुदा यो दिनको महत्व छुटै रहेको डाक्टर पराजुलीले बताए ।
यो दिवस नेपाली जनताहरू हिमाल–पहाड वा मधेशका हुन्,ऐक्यवद्द भएर साझा भविष्य तय गर्न तत्पर महत्वपूर्ण दिवसको रुपमा रहेको हुदा यस दिनलाई सबैले उत्साहको रुपमा लिनुपर्ने उनको भनाई रहेको थियो ।
विगतमा राजसंस्थालाई जोगाइ दिएका नेपाली जनताले लोकतंत्रप्रति घात गर्ने त्यो संस्थालाई सदाका निमित्त निर्मूलन गरि दिएका थिए । अब उपरान्त फेरि पनि लोकतन्त्रलाई सखाप पार्ने कसैले यदि सपना देख्छ भने त्यो दिवा सपना हुनेछ पराजुलीले भने ।
फागुन ७ लाई जनताका सम्पूर्ण अधिकार प्राप्तिका लागि सर्वाधिक महत्वको दिवसको रुपमा नै सबैको सर्व स्वीकार भईसकेको हुदा यो दिनलाई राष्ट्रिय दिवसको रुपमा अझ बढी महत्व दिनुपर्छ डाक्टर पराजुलीले भन्दै राज्यका सम्बन्धित सबैलाई आग्रह गरेका छन् । डाक्टर पराजुलीले प्रजातन्त्र दिवसको पुनित अवसरमा ज्ञात अज्ञात सबै शहिदहरू प्रति श्राद्धा सुमन समेत गरेका हुन ।


