आयोजकलाई हराउँदै भरतपुर फुटबल क्लब क्वाटरफाइनलमा

साझेदारी दैनिक
512 पाठक संख्या

रञ्जन यादव/
बाराको सिमरामा विहीवारदेखी सुरु भएको जगदम्बा जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेल भरतपुर फुटबल क्लबले जितेको छ ।

१३ औं संस्करणको जगदम्बा जीतपुरसिमरा गोल्डकपका खेलमा आयोजक नव–जनजागृती यूवा क्लबलाई ३–१ गोल अन्तरले हराएर भरतपुर फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेको हो । शूरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काएपनि आयोजक टिम घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरीयो ।

भरतपुरले खेलको सातौं मिनेटमै भिष्म क्षेत्रीको गोलबाट अग्रता बनायो । आकाश थापा मगरको क्रसबललाई सदुपयोग गर्दै भिष्मलेले टिमलाई अग्रता दिलाएका थिए ।सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनटमा बराबरी गोलको अवसर बनायो । भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याउँनुभएके थियो ।

त्यसको केही मिनेटमै भरतपुरले सिमरा विरुद्ध पेनाल्टी अवसर पायो । भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पूनः अग्रता बनायो । सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

खेलको अन्तिम समय सम्म आयोजकविरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेटमा सुनील श्रेष्ठकै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित दर्ता ग¥यो । दोश्रो हाफको इन्जुरी समयको सातौं मिनटमा सुनीलले गोल गरेका थिए । आयोजकविरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित हुनुभयो ।

Leave a review

This will close in 0 seconds