प्रादेशिक अस्पताल कलैयामा ब्लड बैंक भवनको शिलान्यास तथा उदघाट्न

संदिप प्रसाद यादव
1.6k पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ मा रहेको प्रादेशिक अस्पताल कलैयामा ब्लड बैंक भवनको शिलान्यास तथा उदघाट्न कार्यक्रम सम्पन्न भएको छ ।

प्रादेशिक अस्पताल कलैयाको आयोजना र छाया नेपालको सहयोग १ करोड ८ लाख ४१ हजार ५ सय २३ को लागतमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ब्लड बैंक ८ कोठा सहितको भवन निर्माण अस्पतालको परिसर भित्र शनिबार एक कार्यक्रम बीच ब्लड बैंक भवनको शिलान्यास तथा उदघाट्न गरिएको हो ।

भवनको शिलान्यास तथा उदघाट्न प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री बीरेन्द्र प्रसाद सिंहले गर्नुभएको छ । सो अवसरमा आफ्नो मन्तव्य राख्दै मन्त्री सिंहले प्रादेशिक अस्पताल कलैयामा काम गर्ने डाक्टर डिउटी छोडेर बाहिर क्लिनिकमा काम गरेको थाहा पाए पछि डाक्टरलाई कावरही चेतावनी दिए । अस्पतालमा राम्रोसंग काम गर्ने डाक्टरको उच्च मुल्यांकन गरि उत्कृष्ट पुरस्कार दिने, अस्पतालमा बिचौलिया देखेपछी कारवाही गर्ने मन्त्री चेतावनी दिएका हुन । अस्पताललाई थप राम्रोसँग व्यवस्थित गर्ने र प्रादेशिक अस्पताल कलैयामा ५० बेडबाट १ सय शैयाको बेड थप गरिने मन्त्री सिंहले प्रतिबद्धता व्यक्त गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौलागाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साह,क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य मुहम्मद समीर,मधेस प्रदेशका स्वस्थ्य तथा जनसंख्याका सचिव डाक्टर प्रमोद यादव,बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी,वार्ड नम्बर ६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर,प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट बिकास साह,स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव लगायतको सहभागिता रहेको थियो ।

भवन निर्माण सम्पन्न गर्न गराउन जेठ ३२ गतेका दिन छाया नेपालका कार्यकारी निर्देशक कमल थापा ,प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट विकाश कुमार साह र अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाई बीच संझौता पत्रमा हस्ताक्षर भएको थियोे ।

Leave a review

This will close in 0 seconds