अबैध सामान सहित अम्लेखगंजबाट ट्रक नियन्त्रणमा

साझेदारी दैनिक
365 पाठक संख्या

प्रहरीले बाराको अमलेखगंजबाट अवैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित अमलेखगंज चोकमा चेकजाँच गर्ने क्रममा ट्रकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विभिन्न हार्डवेयर तथा अटो पार्टका सामानहरू लोड गरि वीरगंजबाट झापातर्फ जादै गरेको ना.३.ख.७१६३ नम्बरको ट्रकमा रहेको सामानहरू बिल विजक भन्दा बढी श्रोत खुलाउन नसकेको नियन्त्रणमा लिईएकोे जनाएको छ ।

करिब ६२ लाख ६१ हजार बराबरको सामान लोड रहेको ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बारा प्रहरीले जानकारी गराएको छ ।

Leave a review

This will close in 0 seconds