बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पालिका स्तरीय कमिटीको बैठक सम्पन्न भएको छ ।
पार्टीका केन्द्रीय सदस्यद्धय रामकिशोर यादव र उषा कुमारी यादवको विशेष उपस्थितिमा विहीवार उक्त वैठक सम्पन्न भएको हो ।
यही कार्तिक १९ गते बाराकै तेलकुवा महादेव स्थानमा पार्टीले आयोजना गर्ने शुभकामना आदानप्रदान तथा कार्याकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आउने कार्यक्रम भएकाले सो कार्यक्रमलाई लाई सफल बनाउन उक्त वैठकको आयोजना गरिएको पार्टीले जनाएको छ ।
वैठकमा विभिन्न एजेण्डामा छलफल भएको थियो । वैठकले १९ गतेको कार्यक्रममा करैयामाई गाउँपालिकाबाट ५ सय जनालाई सहभागी गराउने निणर्य गरीएको जसपाका नेता सोनालाल साहले जानकारी गराए ।
पार्टीका गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा जिल्ला समितिका कोषाध्यक्ष विनोद यादव,पालिका स्तरीय सचिव मुर्तुजा अंसारी जिल्ला सदस्य दिपक पासवान लगायतको उपस्थिति रहेको थियो ।


