जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा शनिबार सम्पन्न होलिराज अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जे.पि.ई.स. प्रथम भएको छ ।
प्रतियोगितामा १३५ अङ्क प्राप्त गरी जीतपुर पब्लिक स्कुल(जे.पि.ई.स.) प्रथम भएको हो । १२० अङ्क प्राप्त गरी केयर भिजन ईङ्गलीस बोडिङ्ग स्कुलले द्धितीय स्थान हासिल गरेको छ ।
शहिद स्मारक एकेड्मी तृतीय स्थान हासिल गर्नुभएको छ । प्रथम,द्धितीय र तृतीय हुने बिद्यालयहरुलाई बारा क्षेत्र नं.४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीले मेडल,शिल्ड र ट्रफी वितरण गरेका छन् ।
विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको बौद्धिक क्षमता विकास गराउन अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको हो। आयोजक बिद्यालय होलिराज ईङ्गलीस बोडिङ्ग स्कुल जीतपुरका प्रिन्सिपल सुधिर दासका अनुसार प्रतियोगितामा मावि स्तरीय जीतपुरका साँत वटा बोडिङ्ग स्कुलहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा एभरग्रिन ईङ्गलीस बोडिङ्ग स्कुल,शहिद स्मारक एकेड्मी,केयर भिजन एकेड्मी,अम्ब्रेला एकेड्मी,जीतपुर पब्लिक स्कुल र ब्राईटर एकेड्मी सिमराको सहभागिता रहेको होलिराज ई.बो. स्कुलका शिक्षक प्रितम गुप्ताले जानकारी दिए ।प्रतियोगिताको पहिलो सामान्य चरणमा ४२ वटा प्रश्न सोधिएको थियो ।
दोस्रो स्रब्य चरणमा १४ वटा प्रश्न,तेस्रो दृश्य चरणमा १४ वटा प्रश्न ,चौथो ग्याम्बलिङ्ग राउन्डमा साँत वटा प्रश्न र पाचौँ र्यापिड फायर चरणमा हरेक समूहलाई १०।१० वटा प्रश्न सोधिएको थियो ।
आयोजक बिद्यालय होलिराज बिद्यालयले भने प्रतियोगितामा सहभागिता जनाएको थिएन् । प्रत्येक विद्यालयबाट तीन–तीन वटा गरी जम्मा ७ वटा टीमका २१ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका हुन् ।
अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्नाले विद्यार्थीहरुको शिक्षण सिकाईमा मद्दत पुग्नेमा प्रदेश सभा सदस्य चौधरीले विश्वास व्यक्त गरेका छन् । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताले बाल अधिकारका तमाम विषयहरुमा एकले अर्कोबाट सिक्नुको साथै बालबालिकाहरुको अन्तरघुलनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

