३२ औंँ विश्व अपाङ्गता दिवसको अवसरमा बाराको सिमरामा अपाङ्गता अधिकार सम्बन्धि अन्तरक्रिया,साहयक सामग्री तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल अपाङ्ग सेवा संघ बाराको आयोजनाामा भएको कार्यक्रममा नेपालको संविधानले अपाङ्गगता भएकाहरुको अधिकार सुरक्षित गरेपनि त्यस अनुसारको ब्यवहार भने हुन नसकेको बक्ताहरुले जोड दिएका थिए ।
सरकारी कार्यालयदेखि सडकसम्म अपाङ्गमैत्री नहुँदा अपाङ्गगता भएकाहरुले ठूलो सास्ती बेहोेर्नु परेको उहाँहहरुको भनाई थियो ।
सो अवसरमा अपाङ्ग विद्यार्थी बालबालिकाले दैनिकरूपमा प्रयोग गर्ने सामग्रीहरू जस्तै दृष्टिबिहिन मैत्री रेडियो,ब्रेल कागज, ह्वाइट क्यान,श्रवण यन्त्र,ब्रेल स्लेट,स्टाइलस,सेतो छड्डी,कपी ,कलम लगायतको सामग्री बितरण गरिएको नेपाल अपाङ्गग सेवा संघ बाराका पुर्ब अध्यक्ष धन प्रसाद बजगाँईले जानकारी दिनुभयो ।
यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’भन्ने रहेको छ ।
नेपाल अपाङ्ग सेवा संघ बाराका उपाध्यक्ष ठाकुर प्रसाद ढुङ्गानाको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीको रहनु भएको थियो ।

