गाँजाको धुलो सहित दुई जना पक्राउ

साझेदारी दैनिक
308 पाठक संख्या

पिकअपबाट गाँजाको धुलोसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ महुवन चोक स्थित नहरको सडकखण्डबाट पिक अपमा लुकाएर राखिएको गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा बा.प्र.०३–००१ च.१५४०नं.को पिकअप चालक मकवानपुर भिमफेदी गाउँपालिका–९ स्यारसे बस्ने सुमन ब्लोन पक्राउ परेका हुन् ।

पर्सा पटेर्वासुगौली गाउँपलिका–४ बस्ने बिनोद राम पक्राउ परेका हुन् । उनीहरुलाई गाँजाको धुलोसहित लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review

This will close in 0 seconds