निशुल्क दाउराको पर्खाइमा बारा,पर्सा अतिविपन्न तथा दलित परिवार

राम मण्डल
349 पाठक संख्या

पछिल्लो समय चिसो बढदै गएको छ । चिसोका कारणले आम सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।

पर्सा र बारा लगायत तराईका जिल्लाहरुमा चिसो बढेर बिहान बेलुका सँगै दिन र रातिमा समेत अत्याधिक जाडो महसुस भईरहेको छ ।

अत्याधिक चिसो बढेपछि मानिसहरुले न्यानोको लागि बिभिन्न उपायहरु अपनाएका छन । जो सित पर्याप्त कपडा छ उसले न्यानो कपडा प्रशस्त लगाएर जाडोबाट बचिरहेको छ ।

त्यस्तै गरिब परिवारका ब्यक्तिहरु भने कपडाको कमिका कारणले आगो तापेर नै जाडोबाट बचेर दिन बिताउन बाध्य भएका छन् ।उनीहरुको आर्थिक अवस्था कमजोर भएका कारणले दाउरा किनेर बाल्न सक्दैनन् ।

यस्तो अवस्थामा स्थानीय तह वा डिभिजन बन कार्यालयले दाउरा वा राहत बितरण नगरेको पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ का दलित अगुवा मनोज रामले बताए ।

उनले अहिले सम्म दाउरा वा न्यानो कपडा गरिबहरुलाई कसैले नदिएको बताए । हरेक बर्ष प्राय डिभिजन बनले चिसो अत्याधिक बढेपछि ठाउँ ठाउँमा दाउरा बाल्ने ब्यवस्था गर्ने गरेको छ । बन कार्यालय र साझेदारी बन समूहले पनि काठ दाउरा चिसोमा बाल्नको लागि बितरण गरेको छैन ।

आफनो बन समूहमा काठ नरहेको तथा डिभिजन बन कार्यालय पर्सामा काठ माँग गर्दा बारा जिल्ला पठाइएको बिन्दबासिनी कोईलाभार साझेदारी बन ब्यवस्थापन समूहका अध्यक्ष रिजवानुल हकले साझेदारी दैनिकलाई बताए । गाउँघरमा हुने अष्ठयाम,धार्मिक कार्य लगायतमा प्रयोग गर्नको लागि आफु बारामा काठ लिन आएको उनले बताए ।

जाडोको बेलामा मानिसहरुलाई थोरै भएपनि दाउरा निशुल्क बितरण गरे राहत हुने छ । आफ्नो समूहको कार्ययोजना नै तयार नभएकाले दाउरा बितरण गर्न नसकेको गादीमाई साझेदारी बन ब्यावस्थापन समुहका अध्यक्ष सहरुम गदीले बताए ।

डिभिजन बनले नै प्रतिकिलो आठ रुपैयाको दरमा दाउरा बितरण गरिरहेकोले आवश्यक परेकाहरुलाई डिभिजन बनबाट नै दाउरा लिन अनुरोध गरे ।

अत्याधिक चिसो बढेपछि बारा,पर्साका दलित बस्ती र अति विपन्न परिवारहरुलाई सवैभन्दा बढि असर गरेको छ । एकातिर बन कार्यालय र बन समितिहरुले निशुल्क दाउरा वितरण गरेका छैनन भने बाराका प्राय सवै स्थानीय तहहरु पनि दाउरा वितरणमा मौन नै बसेका छन ।

बाराका कुनैपनि पालिकाहरुले स्थानीयहरुलाई जाडो छल्न दाउरा वितरण गरेको छैन । यतिका बर्षहरु भए नगरपालिका र गाउँपालिका तर एक पटक पनि आगो ताप्न दाउरा वितरण गरेका जानकारी नभएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का पशुराम दाहालले बताएका छन ।

Leave a review

This will close in 0 seconds