नेपाली काङ्ग्रेस निजगढका नेता रमेश प्रसाद दङ्गालको सहयोगमा ६५ जनालाई कम्बल वितरण गरिएको छ ।
नेपाली काङ्ग्रेस निजगढ वडा नम्बर ५ वडा कार्यसमितिको आयोजनामा बिहिबार बाघदेबमा कम्बल वितरण गरिएको हो ।
जेष्ठ नागरिक,विपन्न वर्ग,अशक्तहरुलाई न्यानो कम्बल नेपाली काङ्ग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले हस्तान्तरण गरेका हुन् । प्रमुख अतिथि समेत रहेका चौधरीले वडा नम्बर ५ का ६५ जना लक्षित वर्गहरुलाई कम्बल वितरण हस्तान्तरण गरेका हुन् ।
कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले निजगढको बिकास र निजगढ नगरबासिहरुको हितकोलागि नेपाली काङ्ग्रेस प्रतिबद्ध रहेको बताए । उनले बिगतमा नेपाली काङ्ग्रेसले निजगढमा गरेका बिकासका गतिविधिका कारण वर्तमान समयमा नगरबासिहरुले सुविधा उपभोग गर्न पाएको स्पष्ट पारे ।
मधेस प्रदेश सभा सदस्य मिना कुमारी लामाले नेपाली काङ्ग्रेसले जनताको अभिभावकत्व ग्रहण गर्ने भएकोले काङ्ग्रेसले बिकास निर्माण लगायत सामाजिक सुरक्षाका कार्यक्रमहरु सञ्चालन गरिरहने बताइन् ।
निजगढका पुर्व मेयर सुरेश कुमार खनालले वर्तमान निजगढ नगरकार्यपालिका निजगढको बिकास र नगरबासिको हितकोलागी मौन बसेको आरोप लगाए । उनले आर्थिक रुपमा विपन्न,जेष्ठ नागरिक,अपाङ्गहरु आफ्नो कार्यकालमा सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम मार्फत लाभान्वित भएको उल्लेख गरे ।
हाल तेस्ता लक्षित वर्गहरु सहारा विहीन बन्न पुगेको बताए । कार्यक्रमका सहयोगी दाता एवंम नेपाली काङ्ग्रेसको तर्फबाट बारा क्षेत्र नम्बर १ प्रदेश सभा क का प्रत्यासी उम्मेदवार रमेश प्रसाद दङ्गालले चुनावमा हुने हारजितले आफुलाई सामाजिक काम गर्न कुनै असर नगर्ने बताए ।
नेता दङ्गालले सामाजिक क्रियाकलापमा आफू लागिरहने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा थप रचनात्मक सामाजिक बिकासका कामहरु गर्ने बताए ।
नेपाली काङ्ग्रेस निजगढ वडा नम्बर ५ का सभापति चुडा बहादुर आचार्य मिलनको सभापतित्वमा सो कायृक्रम सम्पन्न भएको हो ।
न्यानो कपडा वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य आशिष तामाङ,नेपाली काङ्ग्रेस निजगढका नगर सचीव मधु तिमल्सिना,सहसचिव बुद्धिमान शाही,सदस्य अरुण घिसिङ,नेपाली काङ्ग्रेस बारा क्षेत्र नम्बर १ प्रदेश सभा क का सहसचिव कृष्ण प्रसाद तिमल्सिना,निजगढ वडा नम्बर १ का वडा अध्यक्ष मङ्गल लोप्चन,वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान,वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष पुस्कल खड्का,कार्यपालिका सदस्य मिना चौरेल,शर्मिला विश्वकर्माको विशेष उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस निजगढ वडा नम्बर २ का वडा सभापती हेम बहादुर बिष्ट,वडा नम्बर ४ का वडा सभापति रुपेश चौधरी,वडा नम्बर १० का उप सभापती सिद्धार्थ लोप्चन लगायत नेपाली काङ्ग्रेस र विभिन्न भातृ संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेकोथियो ।
कार्यक्रमको संचालन नेपाली काङ्ग्रेसको तर्फबाट वडा नम्बर ५ को वडा अध्यक्षका प्रत्यासी सहदेब गौतमले गरेका थिए ।


