महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

संदिप प्रसाद यादव
372 पाठक संख्या

बाराको महागढीमाई नगरपालिकाको प्रशासनिक भवनको संघीय सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरेका छन् ।

महतले नवनिर्मित भवनको प्रवेशद्वारमा रिबन काटी भवनको उद्घाटन गरेका हुन् ।

नेपाल सरकारका संघीय अर्थ मन्त्री डा.महतले कम लागतमा बनेको भब्य भवनका लागी धन्यवाद दिदै जनतालाई त्यतिकै सहजताका साथ सेवा दिने भने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री डा. महतले बाराको निजगढ विमानस्थल सरकारको प्राथमिकता रहेको बताएका छन् ।

उनले बाराको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको बताए । एयरपोर्ट बने बाराको महत्व अझ बढने अर्थमन्त्री महतको भनाइ थियो ।
निजगढ काठमाण्डौ फास्ट ट्रयाक छिटो सम्पन्न गर्न पनि लागिपरेको बताएका छन् ।

डा. महतले बाराको नाका भन्सारको डाईरेक्टर सङ्गै अनुगमन गरेको जनाए । उनले छिट्टै भारतीय समकक्षी संग मिलेर भन्सार खोल्न लगाउने महत्वका साथ प्रक्रिया अगाडि बढाउन लागेको बताएका छन् ।केन्द्र सरकार साधन श्रोतले भ्याए सम्म महागढीमाई नगरपालिकालाई सहयोग गर्ने संघीय अर्थमन्त्री डा. महतले जनाए ।

सो कार्यक्रमको अवसरमा एम. बि.बि एस तथा वि.डि. एसमा पूर्ण छात्रवृत्ति तर्फ नाम निकाल्न सफल भएका वि.डि.एसमा प्रिति गुप्तालाई २ लाख तथा एम.बि.बि एसका साहिल जैसवाल,रौशन कुमार जैसवाल,रोहित कुमार लहेरा,साहजाद अन्सारी र आनन्द साहलाइ १÷१ लाख नगरपालिकाबाट बिद्यार्थीहरुलाई नगद प्रदान गरिएको थियोे ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा महागढिमाई नगरपालिकाकी उपप्रमुख तारादेवी,नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादव,नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् संघीय सांसद अजय चौरसिया,बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,नेपाली कांग्रेस बाराका उपसभापति मनोज भट्ट, उपसभापति अमिरिलाल पाल, नेपाली कांग्रेस पार्टी बाराका सचिव भैयाराम यादव, सचिव राजेश रौनियार, निमित्त प्रमुख प्रशासकिय अधिकृत विजयप्रसाद कुशवाहा,१ का वार्ड अध्यक्ष मनोज गुप्ता,२ का वार्ड अध्यक्ष विश्वनाथ कुशवाहा,३ का वार्ड अध्यक्ष उपेन्द्र प्रसाद जैसवाल,४ का वार्ड अध्यक्ष मनोज कुमार,५ का वार्ड अध्यक्ष गजेन्द्र कुमार जैसवाल,६ का वार्ड अध्यक्ष गेना राउत अहिर,७ का वार्ड अध्यक्ष शिवेन्द्र प्रताप सिंह,८ का वार्ड अध्यक्ष वहाव अन्सारी,९ का वार्ड अध्यक्ष दिलिप शुक्ला,१० का वार्ड अध्यक्ष चन्दन कुमार साह,११ का वार्ड अध्यक्ष अरविन्द बैठा,नेपाली कांग्रेस मधेस प्रदेश संगठनका विभागका सदस्य राजेश सिंह,विद्यालयका प्रधानाध्यापक,नगर प्रमुख, गाउँपालिका अध्यक्ष,कर्मचारी, स्थानीयबासी,सन्चारकर्मी,समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तव्य दिदै निमित प्रमुख प्रशासकीय अधिकृत डा.बिजय कुशवाहाले भवन २ बिगाहा छेत्रफलमा बनेको ३० वटा कोठा,२ वटा सभा हल,६ सौचालय रहेको बताए ।

तीन करोड ९५ लाखको लागतमा भवन शारदा चौधरी ज्वाईन्ट भेन्चरले बनाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले जनाए ।

Leave a review