निवर्तमान राजा ज्ञानेन्द्र शाहले ०५८ मा भएको बिनाशकारी घटनालाई लिएर नेपालीको मनमा नकरात्मक भावना पैmलाइएको बताएका छन् ।
उनले जुन आफु र आफनो परिवारको लागि कहाली लाग्दो घटनालाई राजनीतिक जालझेल गरि नेपालीको मनमा भ्रम फैलाएको बताएका हुन् ।
निवर्तमान राजा ज्ञानेन्द्र वीर विक्रम शाहले वीरगञ्जमा शनिबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
०५८ सालमा राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको घटनातर्फ ईंगित गर्दै निवर्तमान राजा शाहले उक्त घटना आफु तथा आफ्नो परिवारको लागि कहालीलाग्दो भएको जानकारी दिए ।सोही घटनालाई लिएर आफु तथा आफनो परिवार माथि घातक प्रहार पनि भएको उनले बताए ।
सत्य सधै सत्य हुने असत्यको बिजयी कहिले पनि नहुने शाहले जिकीर गरे ।‘०५८ मा भएको बिनाशकारी घटनालाई राजनितीक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो,उनले भने ।
हामी र हाम्रो परिवारलाई घातक प्रहार पनि गरेका थिए । सत्य सधै सत्य हुन्छ ।असत्यको बिजय कहिले हुदैन,उनले भने । आपूmले पुख्र्यौली राज दरबार परित्याग गर्दा आम सञ्चार माध्यमबाट नेपालमै बसेर मुलुकको बृहतर हित शान्तिका लागि लाग्ने बताएको उनले जानकारी दिए ।
अन्नको भण्डार भनेर चिनिने तराई मधेसको उब्जाउ भूमि फाँट नेपालीका लागि ठ्लो मूल्य र महत्व रहेको उनले बताए । दुई तीन दशक यता उर्बर मधेस भूभाग आज उजाड बन्दै गईहरहेको उनले बताए ।
उनले यहाँ पोखरी पानीको स्रोत टयुबेल कुवाँ जलस्रोत कमजोर हुदै सुख्खा र मरुभूमिकरण तर्फ गईरहेको बताए ।देश बनाउनु, बचाउनु निरन्तर आवाज रहेको भन्दै उनले पुर्खाको पौरखलाई नबिर्सेर आपनै जन्मभूमिका लागि मरिमेटन उनले अनुरोध गरे । देश हिमाल पहाड र तराई उजाड बन्दै गएको उनले जनाए ।
यो चरम दुर्भाग्य तिरको अवस्थामा रहेकोले यसको अन्त्य गर्न जरुरी रहेको उनको कथन थियो । देशलाई झनझनै बर्बादितिर नलैजानको लागि सबैले सोच्ने र समिक्षा गर्नुपर्ने बेला भएको जिकिर गर्दै शाहले नेपालको स्रोेत साधन क्षमता सबै कुरा आफनो आर्थिक उन्नतिमा लगाउन उनले जोड दिए ।
नागरिक अभिनन्दन मूल समारोह समितिले निवर्तमान राजा शाहको नागरिक अभिनन्दन समारोहको आयोजना गरेको थियो ।कार्यक्रममा पर्सा बारा सहित बिभिन्न जिल्लाबाट हजारौको सँख्यामा राजाबादीहरु उपस्थित भएका थिए ।
गएको पुष २३ गतेदेखि बाराको सिमरास्थित प्रभु निवासमा बस्दै आएका निवर्तमान राजा शाहलाई वीरगञ्जमा विभिन्न संघसंस्थाले कार्यक्रम गरेर नागरिक अभिनन्दन गर्ने कार्यक्रम यसअघि तय गरिएको थियो ।समारोहमा सहभागी भएकाहरुले राजा आउ देश बचाउँ,हाम्रो राजा प्राण भन्दा प्यारो छ,लगायतका नारा लगाएका छन् ।

