बारामा २२ हजार लिटर अबैध घरेलु मदिरा नष्ट

संदिप प्रसाद यादव
227 पाठक संख्या

बारा प्रहरीले २२ हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बाराको महागढीमाई नगरपालिका वडा नं. १० र वडा नं. ०३ स्थित धैरघारी ७ स्थानमा सञ्चालन गरेको अबैध मदिरा भट्टी नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार कच्चा पदार्थ २१ हजार लिटर अन्दाजी मुल्य १२ लाख ६० हजार र तयारी मदिरा १ हजार लिटर अन्दाजी मुल्य १ लाख रुपैयाँ बराबरको मदिरा नष्ट गरिएको हो ।

सात स्थानमा सञ्चालित गरेको अबैध मदिरा भट्ठी नष्ट गरी १२ थान ड्रम बरामद गरिएको प्रवक्ता न्यौपानेले बताए ।

Leave a review

This will close in 0 seconds