पैसा नदिदा नागरिकता नबनेको बारागढीका दलितको गुनासो

राम मण्डल
494 पाठक संख्या

बाराको बारागढी गाउँपालिकाका दलित समुदायका स्थानीयहरुले पैसा नदिदा नागरिकता बनाउन नपाएको गुनासो गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ५ सिहासनी बैरियाका स्थानीय दलितहरुले वडा सचिवले नागरिकता सिफारिशको लागि पैसा माग्ने गरेको आरोप लगाएका हुन् ।नागरिकता सिफारिसको लागि वडा सचिवले पैसा मागेका कारणले रकम नभई आफुहरु नागरिकता बनाउनबाट बञ्चित भएको उनीहरुको गुनासो रहेको छ ।

नागरिकता बनाउनको लागि पैसा माग्ने गरिएको बाराको बारागढी गाउँपालिका वडा नम्बर ५ का दलित बस्तीका स्थानीयले आरोप लगाएका हुन् ।उक्त वडामा रहेका मुसहर समुदायका दलितहरुले नागरिकता बनाउनको लागि वडा कार्यालयमा जादा पैसा माग्ने गरेको आरोप लगाएका छन्।

नागरिकता बनाउनको लागि वडा कार्यालयमा फर्म भरेर वडाध्यक्ष सित सिफारिस गराउन जादा वडा कार्यालयमा नै पैसा माग्ने गरेको गुनासो रहेको छ ।वडा कार्यालयका सचिवले पैसा दिएपछि मात्रै नागरिकता बन्ने भन्ने गरेको स्थानीय दलीतहरुले भनाई छ ।वडा नम्बर ५ मा रहेको सिहासनी बैरियाकी मिनादेबीले नागरिकता बनाउनको लागि पाँच हजार मागिएको आरोप लगाइन् ।

फर्म भरेर वडा कार्यालयबाट निशुल्क सिफारिस लिन सकिन्छ ।यसको लागि कुनै शुल्क लाग्दैन ।तर सोही स्थानकी जिरमतीया देबीले भने बुहारीको नागरिकता बनाउनको लागि सचिवले २५ सय रुपैया लिएको गुनासो गरेकी छन् ।

सरकारले जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई पनि वंशजको नागरिकता दिन केही महिना पहिले देखि नै शुरु गरेको छ ।

नागरिकता बिधेयक पास भएपछि अहिले जिल्ला प्रशासनबाट जन्मसिद्धका सन्तानहरुले धमाधम बँशजको नागरिकता बनाई रहेका छन ।तर पाँच हजार रुपैयाँ दिईसकेको भएपनि आफ्नो सासु सित थप १० हजार रुपैया माँग गरिएको बैरिया टोलकै गनिता माझीनको भनाई रहेको छ।

वडा कार्यालयमा नागरिकताको लागि सिफारिस लिन जादा वडा सचिवले नै पैसा मागेको स्थानीय दलितहरुले गुनासोको बारेमा यदि त्यस्तो कार्य कसैले गरेको भए प्रमाण सहित आफु कहाँ आए कारवाही गर्ने गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल बताउँछन् ।

Leave a review

This will close in 0 seconds