बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा जारी पाँचौ बकुलिया भवानीपुर गोल्डकप अन्तरगतको फुटबल प्रतियोगितामा एभरेष्ट फुटबल एकेडेमी सर्लाही सेमिफाईनलमा प्रवेश गरेको छ ।
बकुलिया भवानीपुर फिल्डमा भएको शनिवारको खेलमा वीरगञ्ज युनाइटेड पर्सालाई हराउदै सर्लाहीले सेमिफाईनलमा पुग्न सफल भएको हो ।
सर्लाहीले बिरगंज माथि ३–१ को जीत निकाले छ । सर्लाहीको जीतमा जर्सि नम्बर ८ का खेलाडी रोहित गोलेले पेनाल्टि प्रहारमा १ गोल, जर्सि नम्बर १४ का खेलाडी अमित गौतम र जर्सि नम्बर १० का समिर राईले समान एक एक गोल गरी टिमलाई जित सुनिश्चित गराए ।
यता वीरगञ्जको तर्फबाट फ्रि किकलाई सदुपयोग गर्दै जर्सि नम्बर २४ का खेलाडी बिकि चौधरीले एक गोल फर्काएका थिए । प्रतियोगिताको पहिलो हाफको २८ औँ मिनेटमा वीरगञ्जका संजय चौधरीले डिबक्स भित्र फललाई सदुपयोग गर्दै गोल गरेका थिए ।
खेलको अन्तिम समय सम्म पनि वीरगञ्जले सर्लाहीलाई रोक्न प्रयास गरेपनि सर्लाहीको दवावपुर्ण खेलले सफल हुन सकेन ।
जन जनकल्याकारी क्लबको आयोजनामा उक्त प्रतियोगता भईरहेको छ । शनिवारको खेलमा सर्लाहीका समिर राई म्या अफ दि मेच घोषित भए ।
उनलाई जीतपुरसिमरा उपमहानगरपालिका–५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले नगद सहित ट्रफी प्रदान गरेको आयोजक क्लबले जनाएको छ ।
चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तरगत आइतबारको खेल आयोजक बकुलिया भवानीपुर र निजगढ युवा क्लब निजगढवीच हुने आयोजकले जनाएको छ ।

