बारा प्रहरीले ६८ लाख पाँच हजार एक सय ९८ रुपैयाँ बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलिले अवैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ७ जीतपुरस्थित वीरगंजबाट कैलाली तर्फ जादै गरेको ना ६ ख ६३४ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको कपडा र खुद्रा समानहरू प्रहरीले बरामद गरेको छ ।
उक्त खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।


