सार्वजनिक विदाका दिनमा पनि जिल्ला प्रशासन कार्यालय पर्साले दिने भयो सेवा

साझेदारी दैनिक
साझेदारी दैनिक 75 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक विदाका दिनमा पनि सेवा दिने जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो ।

सूचनामा सार्वजनिक बिदाका दिनमा पनि अब देखि कार्यालयबाट सार्वजनिक सेवा प्रवाह हुने जानकारी दिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गरेका हुन् ।

उनले जारी गरेको सुचनामा २०८१ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म परेका सार्बजनिक बिदाका दिनमा पनि कार्यालयबाट प्रदान गरिने छ ।

यस सेवामा आधारभूत सेवा जस्तै नागरिकता सम्बन्धी सेवा,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सम्बन्धी सेवा प्रवाह गर्ने विशेष व्यवस्था मिलाईएको सो सूचना मार्फत जानकारी गराइएको छ ।

यसका साथै जिल्लास्थित अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाट समेत नियमित रुपमा अत्यावश्यक सेवा प्रवाह हुने व्यवस्था मिलाईएको सुचनामार्फत जनाइएको छ ।

यस बर्ष बिभिन्न पर्ब दिवस गरि १९ दिन सार्बजनिक बिदा दिइएको छ । ति दिन जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रदान गरिने छ । राजपत्रमा उल्लेखित अन्य सार्बजनिक बिदाका दिन र शनिबारका दिन भने कार्यालय बन्द रहने सूचनामा भनिएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review