एक लाख छयत्तरी हजार नौ सय रुपैयाँ बराबरको प्याज बरामद

साझेदारी दैनिक
365 पाठक संख्या

बारा प्रहरीले शनिबार एक लाख ७६ हजार नौ सय रुपैयाँ बराबरको प्याज सहित एक पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले एक विज्ञप्ति जारी गरेर जनाएको छ ।

विशेष सूचना अनुसार प्रहरी चौकी पथलैया बाट खटेको टोलीले बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्याज सहित भ्यान नियन्त्रणमा लिएको हो ।

वीरगंजबाट चितवन तर्फ जादै गरेको प्र २ –०३–००१ च १४९३ नम्बरको पिकअप भ्यानलाई जाँच गर्दा विल विजक भन्दा बढीको उक्त प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्याज सहित पिक अप भ्यानलाई प्रहरीले कानुनी प्रकृया पुरा गराउन राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।

Leave a review

This will close in 0 seconds