लोसपा संसदीय दलका नेता सांसद शर्मा निलम्बन

साझेदारी दैनिक
293 पाठक संख्या

मधेश प्रदेश सभाका एक सांसद निलम्बनमा परेका छन । सांसद अभिराम शर्मालाई प्रदेश सभाका सभामुखले निलम्बन गर्नुभएको हो।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शुक्रवार एक विज्ञप्ती जारी गर्दै शर्मालाई निलम्बन गरेको जनाएका छन । निलम्बीत सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका सांसद हुन । उनी लोसपाका संसदीय दलका नेता समेत हुन ।

गत २०७२ सालमा सम्पन्न मधेश आन्दोलनको बखत सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जारी विज्ञप्तीमा उल्लेख छ छ ।

प्रदेशसभा कार्यसंचालन नियामावली २०७५ को नियम २१० को उपनियम (४) बमोजिम सभामुखले २०८१ बैशाख १८ सांसद पदबाट निलम्बन गरिएको संसद सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a review

This will close in 0 seconds