एमाले बाराको कलैया स्थित पार्टी कार्यालयमा चोरी

संदिप प्रसाद यादव
422 पाठक संख्या

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल कम्युनिस्ट एमाले पार्टीको कार्यालयमा चोरी भएको छ ।

चोर समुहले आईतवार राति पार्टी कार्यालयको मुलगेटको ताला फोडेर चोरी गरेको हो । चोरहरुले कार्यालयमा रहेको २ वटा डेलको कम्प्युटर,२ वटा सिपियु,एक थान प्रिन्टर,इन्भर्टर,ब्याट्री तथा कार्यालयका अन्य महत्वपूर्ण सामाग्री लगायतको अज्ञात चोरी लगेको पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले बताए ।

आइतबार करिब १ बजे राती कार्यालयमा चोरी भएको कार्यालयका सचिव शर्मा बैठाले जानकारी दिए । चोरहरुले कार्यालयमा रहेको स्टिलको दराज पनि भाचेको वैठाले बताए ।

कार्यालयबाट चोरी भएको सामानको अन्दाजी मुल्य ३ लाख बराबरको हुन सक्ने कार्यालयका सचिव वैठाले जनाए ।

यसैविच चोरी बारे शंकाको आधारमा ७ जनालाई कार्यालयमा बोलाई सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds