पाँच महिनाको छोराको हत्या गर्ने आमा पक्राउ

साझेदारी दैनिक
241 पाठक संख्या

आफ्नै पाँच महिनाको बच्चाको हत्या गर्ने एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै छोराको हत्या गरेको आरोपमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ बस्ने अमरजीत कुमारको श्रीमती वर्ष २२ की आरती कुमारीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी आरतीले घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोरालाई घाटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । आरती विरुद्ध २०८० कार्तिक १९ गते कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियोे ।

सोही बेला देखि फरार भइ भारत पूर्वी चम्पारण थाना रक्सौल,पोष्ट सिहपुर हरैया,ग्राम एकडर्वा टोलमा बस्दै आएकी उनलाई बितेको मंगलबार बीरगंज महानगरपालिका वडा नं.१३ मा फेला पारी पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

पक्राउ परेकी आरतीलाई हिरासतमा राखी पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a review

This will close in 0 seconds