लागु औषध खैरो हिरोईन र अफिमसहित वीरगञ्जबाट दुई जना पक्राउ

साझेदारी दैनिक
303 पाठक संख्या

लागु औषध खैरो हिरोईन र अफिम सहित वीरगञ्जकाट पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौडा उपमहानगरपालिका–३ बस्ने २९ वर्षीयय समुन्द्र साह र २४ बर्षिय अमिर बानियाँ रहेका छन् ।

वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरीले बा.प्र.०३–०२–प ९४५० नम्बरको स्कुटीलाइ जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

स्कुटीको सिटमुनी लुकाइ ल्याइएको लागु औषध खैरो हिरोईन १५१ ग्राम र अफिम १५४ ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

दुबैजनालाई नियन्त्रणमा लिई उनीहरु बिरुद्ध लागु औषध सम्बन्धी कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गराई प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Leave a review

This will close in 0 seconds