गढीमाई ईलोक्ट्रोनिक्स सातौं वर्षमा प्रवेश

साझेदारी दैनिक
365 पाठक संख्या

बाराको कलैया उपमहानगर वडा नम्बर १ महावीर मन्दिर नजदिक कलैया बजारमा रहेको गढीमाई ईलोक्ट्रोनिक्स सातौं वर्षमा प्रवेश गरेको छ ।

ईलोक्ट्रोनिक्सको पसलमा बुधबार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । ईलोक्ट्रोनिक्सका प्रोप्राइटर विजय स्वर्णकारले केक काटी वार्षिकोत्सव मनाएका हुन् ।

उक्त अवसरमा स्यामसुङ्गका बजार प्रतिनिधि व्रिजेश चौधरी स्यामसुङ्गका अजब विक्रम विष्ट,स्यामसुङ्गका ईन्जिनियर सोभितलाल चौधरी,राष्ट्रिय स्वतन्त्र पार्टी बाराका जिल्ला सभापति चन्दन स्वर्णकार,विक्रेता रमेश कुशवाहा,बारा कलैया वार्ड नम्बर १६ का वडा अध्यक्ष शेषनाथ प्रसाद साह लगायतको उपस्थिति रहेको हो ।

गढीमाई ईलोक्ट्रोनिक्सले स्यामसुङ्ग ब्रान्डको ईडी,टिभि,फ्रिज,वासिङ्ग मेसिन,मोबाईल सेट लगायतको विद्युतीय सामाग्री विक्री गर्ने गर्छ ।

हुन्डाई ब्रान्ड,बलरा ब्रान्ड,वेटर ब्रान्ड,योसदा ब्रान्ड,डाइसु ब्रान्डका सबै ईलोक्ट्रोनिक्स सामानहरुको सामाग्री विक्री गर्ने गरेको प्रोप्राइटर सोनारले साझेदारी दैनिकलाई बताए ।

पंखा,कुकर,राइस कुकर,रोटी मेकर,ईन्भर्ट्र,बैट्री,मिक्स्चर,ग्रयाण्डर, ईत्यादी सामानको एक मात्र विक्रेता गढीमाई ईलोक्ट्रोनिक्स रहेको सह प्रोप्राइटर मिथिलेश स्वर्णकारले बताए ।

यस ईलोक्ट्रोनिक्स ग्राहकको सेवामा निरन्तर काम गरिरहेको उनले जनाए ।

Leave a review

This will close in 0 seconds