सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन र गाली गरेको आरोपमा प्रहरीद्वारा युवक पक्राउ

साझेदारी दैनिक
360 पाठक संख्या

वीरगञ्ज :सामाजिक सञ्जालबाट समाजमा त्रास सृजना गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले सामाजिक सञ्जालबाट समाजमा त्रास सृजना गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओमकुमार पटेललाई पक्राउ गरेको हो।

पक्राउ परेका उनले फेसबुक,टिकटक,ईन्स्टाग्राम,व्हाटसएप,टविटर,म्यासेन्जरमा किँग अफ पर्सा नामक आईडी बनाएर अपशब्द प्रयोग गर्ने,गाली गर्ने हाततियारको प्रदर्शन गरेको प्रहरीको भनाई छ ।

समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गरेको आरोपमा पटेललाई पक्राउ गरि सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भईरहेको पर्साका प्रहरी प्रबक्ता दिपक भारतीले साझेदारी दैनिकलाई बताए।

साथै यस्ता गतिविधिहरूमा सलंग्न अन्य व्यक्तिहरूको पहिचान भैसकेको हुँदा उनीहरुको पनि खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review