काउन्सिलको ५५ औँ वार्षिकोत्सब अवसरमा साझेदारी राष्ट्रिय दैनिकका सम्पादक यादवसहित बाराका दुई पत्रकार सम्मानित हुँदै

संदिप प्रसाद यादव
471 पाठक संख्या

कलैया : प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सब अवसरमा साझेदारी राष्ट्रिय दैनिकका सम्पादक यादवसहित बाराका दुई जना पत्रकार सम्मानित हुँदै छन् ।

प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ ।

काउन्सिलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक गरेको हो ।

वार्षिकोत्सबको अवसरमा प्रेस काउन्सिलले साझेदारी राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक एवम् प्रकाशक श्यामबाबु प्रसाद यादवलाई समावेशी पत्रकारिता पुरस्कारबाट सम्मानित हुन लागेका हुन् ।

यसैगरी रातोपाटी बाराकी संवाददाता शारदा पोखरेललाई महिला सशक्तीकरण पुरस्कारबाट सम्मानित हुन् लागेकी हुन् ।

भोलि आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले यी पुरस्कार प्रदान गर्ने प्रेस काउन्सिल नेपालले जनाएको छ ।

Leave a review