पञ्चवर्षीय गढीमाई मेलाको मूल समिति गठन,नगर प्रमुख यादवको अध्यक्षतामा एक सय एघार सदस्यीय रहने

संदिप प्रसाद यादव
279 पाठक संख्या

कलैया : बाराको विश्वप्रसिद्ध पञ्चवर्षीय गढिमाई मेलाको संचालक समिति तथा व्यवस्थापन मुल समितिमा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा १ सय ११ सदस्यीय समितिको नामावली सार्वजनिक भएको छ।

बाराको महागढीमाई नगरपालिका वार्ड नम्बर –१ मा रहेको गढीमाई मन्दिरको परिसरमा सोमबार एक कार्यक्रम बिच नामावली सार्वजनिक गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी मधेस प्रदेशका सभापति एवम् सांसद दलका नेता कृष्ण प्रसाद यादवले ब्यानर पढी कार्यक्रमको उद्घाटन गरेका हुन्।

विश्वप्रसिद्ध पञ्चवर्षीय गढिमाई मेलाको संचालक समिति तथा व्यवस्थापन मूल समिति सर्वसहमतीबाट गठन भएको छ। उपाध्यक्षमा मनोजकुमार गुप्ता,रामचन्द्र प्रसाद साह,रामबाबु प्रसाद यादव र कलैश महतो सर्वसहमतिबाट चयन भएका छन्।

त्यसैगरी महासचिव वीरेन्द्र प्रसाद यादव,नरेश प्रसाद जयसवाल,उपेन्द्र प्रसाद गुप्ता चयन भएका छन्।

सचिवमा उमरावती देवी लहेरीन र नितु कुमारी गुप्ता चयन भएकी छिन् । कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया चयन भएका हुन्।

त्यस्तै सदस्यमा नेपाली काँग्रेसबाट १ जना प्रतिनिधि नेकपा एमालेबाट १ जना प्रतिनिधि,नेपाल कम्युनिस्ट पार्टी माओबादीबाट १ जना प्रतिनिधि,राष्ट्रिय स्वतन्त्र पार्टी बाराका प्रमुख वा प्रतिनिधि,नेकपा एकिकृत समाजबादीबाट १ जना प्रतिनिधि,जनता समाजबादी नेपालबाट १ जना प्रतिनिधि,जनमत पाटिबाट १ प्रतिनिधि, नागरिक उनमुक्तिबाट १ प्रतिनिधि,नेपाल जनता दलबाट १ जना प्रतिनिधि,१६ औं पालिका का नगर प्रमुख,उप प्रमुख,अध्यक्ष,उपाध्यक्ष गरि एक सय ११ सदस्यीय समिति गठन भएको हो।सो कार्यक्रममा महागढीमाई नगरपालिकाका नगर प्रमुखका प्रमुख सल्लाहकार भैयाराम यादवले नामावली सार्वजनिक गरेका हुन्।

बाराका ४ वटै संघीय सांसद,समानुपातिक सांसद,प्रदेश सभा सदस्य,समानुपातिक प्रदेश सभा सदस्य,नेपाली कांग्रेस पार्टीका सह महामन्त्री,संविधान सभा सदस्य,जिल्ला समन्वय समिति बाराका सभापति,कलैया उपमहानगरपालिका,जितपुरसिमरा उपमहानगरपालिका का नगर प्रमुख गरी २७ सदस्यीय पञ्चवर्षिय गढिमाई मेला समितिको सल्लाहकार समितिमा रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पञ्चवर्षिय गढीमाई मेला कसैको ब्यक्तिगत तथा महागढीमाई नगरपालिकाको मात्र नभएर यो मेला सम्पूर्ण जिल्लाबासी र देशबासीको रहेको बताए। यो मेलामा भक्तजनहरुलाई कुनै पनि असुबिधा नहुने र मेलामा लुटपाट,अशान्ति नहुने उनले प्रतिबद्धता गरेकाछन् ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा बाराको १६ औं स्थानीय तहका नगर प्रमुख,उप प्रमुख,गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,गढीमाई मन्दिरका पुजारी,वार्ड अध्यक्षहरु,कार्यपालिका सदस्य,जनप्रतिनिधि,समाजसेवी,कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा स्वागत बीरेन्द्र यादवको थियो । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बाराका सचिव अनिल गौरवको थियो। असोज १७ गते घटस्थापनाको दिन गढिमाई मेलाको भव्य शोभा यात्रासहित मेलाको आरम्भ हुने छ।

Leave a review

This will close in 0 seconds