जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुरमा भ्रष्टचार भएको आरोप लागेको छ ।
वडा नं.१० को वडा कार्यालय अगाडि स्थानीयहरुहरु भेला भई आर्थिक बर्ष २०८०।०८१ को वडा बजेटमा वडा अध्यक्ष संजय पटेलले भ्रष्टचार गरेको आरोप लगाएका हुन् ।
वडा कार्यालयलाई बिनियोजित १ करोड ६ लाख ३ हजार बजेट मध्ये ५८ लाख ७८ हजार बजेट रकम कामै नगरी हिनामिना भएको आरोप निवर्तमान वडा अध्यक्ष सरोज पटेलले लगाएका छन ।
पटेलको अनुसार वडा कार्यालयले अन्य कार्यालय खर्चको नाममा ३ लाख,अवलोकन भ्रमणको नाममा ६५ हजार,नाला सफाईको नाममा २ लाख,लक्षित बर्गको कार्यक्रमको नाममा ५ लाख,श्री ने.रा.आ.बि.नितनपुरमा शैक्षिक अनुदानको नाममा १ लाख ५० हजार,श्री ने.रा.आ.बि.बेहरामा शैक्षिक अनुदानको नाममा ८५ हजार,शिक्षा तथा खेलकुद बिकाशको नाममा १ लाख ४० हजार भ्रष्टचार गरेको आरोप छ ।
त्यस्तै स्वास्थ्य औषधी खरिदको नाममा ३ लाख,आकास्मिक खर्चको नाममा २ लाख,ईन्धन मर्मत सम्भार तथा सड्क स्तरोन्नतीको नाममा ७ लाख ४६ हजार,नितनपुर ब्रहमबाबा बाउन्ड्रीवाल गेट निर्माणको नाममा १० लाख,नितनपुर स्कुल बाउन्ड्रीवाल निर्माणको नाममा रु ५ लाख,बेहरा चौक सड्क डिभाईडर निर्माणको नाममा रु ५ लाख,बेहरा छठघाट माटो पुर्न योजनाको नाममा रु ५ लाख,धर्म संस्कृती (छठघाट सजावट) को नामा रु ४ लाख र सुत्केरी भत्ताको नाममा रु २ लाख ७ हजार रकम भ्रष्टचार गरेको आरोप निवर्तमान वडा अध्यक्ष पटेलले लगाए ।
वडा नं.१० का वडा अध्यक्ष पटेलले कामै नगरी यी शिर्षकहरुमा रकम भुक्तानी लिएको निवर्तमान वडा अध्यक्ष सरोज पटेलले जिकिर गरे ।
भेलामा रामबाबु साह,सुगन्धि पासवान लगायत करिब सय जना भन्दा बढी स्थानीयको सहभागिता रहेको थियो ।

