सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१७ मा अवस्थित पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्थाको १३ औँ वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमबीच सम्पन्न भएको छ।
साधारणसभाको उद्घाटन संस्थाकी ज्येष्ठ शेयर सदस्य तथा सदस्य रामकुमारी श्रेष्ठले दीप प्रज्वलन गरी गर्नुभएको थियो। साधारणसभाको खुला सत्रमा संस्थाका सञ्चालक समिति अध्यक्ष चुडाहरी अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका–१७ का वडाध्यक्ष भीमबहादुर गन्तान, तामागढी बचत तथा ऋण सहकारी संस्थाका सन्तोष चौधरी, समाजसेवी लालप्रसाद घिमिरे, नेरामावि रघुनाथपुर रामनगरका प्रधानाध्यापक सुरेन्द्र चौरसिया लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
संस्थाका अध्यक्ष चुडाहरी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष गिरीराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सञ्चालक समिति सदस्य दिनेश अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्तोष पाण्डेले गर्नुभएको थियो।
संस्थाका व्यवस्थापक ज्ञानबहादुर खड्काका अनुसार सहकारीले गत आर्थिक वर्ष २०८१/०८२ मा करिब दुई करोड रुपैयाँ बराबरको दूध संकलन तथा बिक्री गर्नुका साथै दाना, चोकर, औषधि लगायतका सामग्रीको कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।


