लघु उद्यमीहरुको स्तर उन्नतीको लागि घरदैलोमै प्रबिधि हस्तान्तरण

रञ्जन यादव
174 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लघु उद्यमीहरुको स्तर उन्नतीको लागि घरदैलोमा नै पुगेर प्रबिधि हस्तान्तरण गरेको छ ।

उपमहानगरपालिकाको उद्यम बिकाश शाखाद्धारा सञ्चालित गरिबी निबारणको लागि लघु उद्यम बिकाश कार्यक्रम (मेड्पा) अन्तर्गत प्रबिधि( सामग्री) हरु हस्तान्तरण गरिएको हो ।

उपप्रमुख भोला प्रसाद अधिकारी नेतृत्वको टोलीले लघु उद्यमीहरुको घरदैलोमा गई सिप अनुसारको प्रबिधि हस्तान्तरण गरेको हो ।

आर्थिक बर्ष २०७९/०८० मा मेडपा कार्यक्रमको प्राबिधिक सहयोग प्राप्त गरी ब्यवसाय सुरु गरेका उद्यमको स्तोरउन्नती अन्तर्गत उद्यमको अनुगमन तथा प्रबिधि हस्तान्तरण कार्यक्रम गरिएको बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी दिए ।

८० प्रतिशत अनुदानमा वडा नं.१७ र वडा नं.१८ का लघु उद्यमीहरुलाई १ लाख ४० हजारको बजेटमा सामग्री हस्तान्तरण गरिएको रायले बताए । वडा नं.१७ स्थित लघु उद्यमी समुहलाई डिजिटल तराजु एक थान, ईलेक्ट्रीक स्प्रेयर ५ थान, मलचिङ्ग प्लास्टिक ५ रोल हस्तान्तरण गरेको हो ।

त्यस्तै वडा नं.१८ मा बारा ईन्टरलक ईटा उद्योगलाई स्ट्रेनथ लेबल मेसिन एक थान ,राई पशुपालन फर्मलाई चाप कटर एक थान र चौधरी टेलरिङ्ग सेन्टरलाई स्टिम आईरन एक थान बितरण गरिएको बरिष्ठ उद्यम सहजकर्ता रायले जानकारी दिए ।

उद्यमको स्तोरउन्नती अन्तर्गत उद्यमको अनुगमन तथा प्रबिधि हस्तान्तरण कार्यक्रममा उपप्रमुख तथा अनुगमन समितिका संयोजक भोला प्रसाद अधिकारी,वडा नं.१७ का वडा अध्यक्ष भिम बहादुर गन्ताङ्ग,वडा नं.१८ का वडा अध्यक्ष चतुरबाबु वाग्ले,अनुगमन समितिका सदस्य सान्ता कुमारी बजगाँई र प्रभावती देबी पासवानको सहभागिता रहेको थियो ।

Leave a review