सहकारी शिक्षा तालिम र अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादव
305 पाठक संख्या

जीतपुर : बाराको जीतपुर स्थित जनकल्याण बहुउदेश्यीय सहकारी संस्था लि.को एक दिने सहकारी शिक्षा तालिम र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बाग्मती प्रदेशको हेटौडा स्थित शहिद स्मार्कमा आयोजित कार्यक्रममा सहकारीको महत्व,आवश्यक्ता र फाईदाको बिषयमा सहकारीको सदस्यहरुलाई जानकारी गराईएको संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए ।

संस्थाको चालु आर्थिक बर्षको अवस्था,ऋणको कारोबार,बचत र मुनाफाको बिषयमा संस्थाका प्रबन्धक सन्तोष कुमार यादबले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैक सिमरा शाखाका प्रमुख चन्द्रमणी भट्टराईले सहकारी अभियानको बिषयमा जानकारी गराउँदैँ सहकारी बैँकले प्रदान गर्ने सेवा तथा सुबिधाको बिषयमा बताएका थिए ।

उपाध्यक्ष गणेशजी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्बय सचिव कपिल देब प्रसाद यादबले ब्यक्त गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष किरणप्रकाश गिरी,लेखा समिती संयोजक श्याम सुबेदी,समाजसेवी डमरु कामी,सुरेन्द्र गुप्ता,सदस्यहरु मुनि पाठक,बिद्या महर्जन लगायत तालिममा संस्थाको नियमित किस्ता,ब्याज तिर्ने असल ऋणी सदस्यहरु,लेखासमितीहरु,संस्थाका कर्मचारीहरु र राष्ट्रिय सहकारी बैँकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका सह प्रबन्धक आत्माराम अधिकारीले गरेका थिए ।

Leave a review