गुरुङ समुदायले भव्य रूपमा तमु ल्होसार मनाए

साझेदारी दैनिक
259 पाठक संख्या

कलैया : गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार’ देशभर तमु ल्होसार’ मनाएका छन् ।

पर्वको अवसरमा तमु समुदायले सांस्कृतिक भेषभुषासहित झाँकी प्रदर्शन गर्दै विविध कार्यक्रम गरी मनाएका हुन् ।

बाराको सिमरा,डुमरवाना,कोल्हवी,अम्लेखगञ्ज,निजगढका गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाएका छन । जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जमा सोमबार विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

‘तमु ल्होसार ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले ’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरुपमा मनाउने गर्छन् ।

पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ,गोरखा,तनहुँ,स्याङ्जा,मनाङ,कास्की,पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किंवदन्ती छ ।

तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

Leave a review