प्रहरी नायब उपरीक्षक वाईबालाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादव
328 पाठक संख्या

जीतपुर : ईलाका प्रहरी कार्यालय सिमरा बाराको प्रमुखका रूपमा आउँनुभएका प्रहरी नायब उपरीक्षक सुवद्रा लामा वाईबालाई जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कार्यालयमा विशेष स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले प्रहरी नायब उपरिक्षक वाईबालाई कार्यालयमा स्वागत गरी सम्मान गरिएको थियो ।उक्त कार्यक्रममा नगरका औद्योगिक,व्यापारिक र समग्र सुरक्षा सम्बन्धमा गहन छलफल गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष लामिछानेले गर्नुभएको थियो ।कार्यक्रमका क्रममा अध्यक्ष लामिछानेले नगरमा शान्ति सुरक्षा कायम गर्ने विषयमा जोड दिँदै व्यापारिक समुदायले भोगिरहेका समस्याहरूको जानकारी गराउनुभएको थियो। साथै,उहाँले नगरभित्रका व्यवसायिक गतिविधिहरू सुरक्षित बनाउन प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण रहेको औंल्याउनुभएको छ ।

प्रहरी नायब उपरीक्षक सुवद्रा लामा वाईबाले व्यवसायीहरूसँग सहयोगात्मक सम्बन्ध राख्दै नगरको शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरी प्रशासन कटिबद्ध रहेको बताउनुभएको छ । कार्यक्रममा उपस्थित व्यवसायीहरूले आफ्ना समस्या र सुझावहरू प्रस्तुत गरेका थिए ।

सो अवसरमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष संजय कुमार साह,संस्थापक अध्यक्ष घनश्याम गिरी,नेपाल पत्रकार माहासंघ बाराका निबर्तमान अध्यक्ष रेशम तिबारी,कोषाध्यक्ष रामबाबु कलवार,सञ्चार उद्यमी राजुराज गिरी,नेपाली काँग्रेसका नगर सभापती छबिलाल शर्मा,प्रदेश सभा सदस्यका प्रत्यासी सन्तोष कुश्वाहा,समाजसेवी मुकुन्द बहादुर क्षेत्री,रिना पुरी,रिता कडेँल,आँशा दाहाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संघका महासचिव प्रकाश गिरीले गर्नुभएको थियो ।

Leave a review